काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुहरुले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दुराष्ट्र र राजसंस्थाबारे वकालत गरेको प्रस्टोक्ति दिएका छन् ।
ट्विट गर्दै अध्यक्ष थापाले धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले हिन्दुराष्ट्र र राजसंस्थाबारे वकालत गर्दा जसले जे भने पनि आफूहरूलाई चिन्ता नहुने समेत जनाएका छन् ।
केही समयदेखि मुलुकभर राजसंस्था र हिन्दू राज्यको माग गर्दै भैरहेको प्रदर्शन र त्यसको विरोधमा भएका टिप्पणीप्रति लक्षित गर्दै थापाको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।